१८ आश्विन २०८१, शुक्रबार

छोरी चिनाउनेबाहेक प्रधानमन्त्रीको भ्रमणको कुनै फाइदा भएन : सांसद सिंह

प्रकाशित मिति :  1 October, 2023 8:07 pm


काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताए ।

उनले भने, “दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन । प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ । प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण रु तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि । त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि । प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो । त्यसबाहेक के फाइदा भयो ?’



प्रतिक्रिया दिनुहोस !