१८ आश्विन २०८१, शुक्रबार

रोल्पामा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  2 October, 2023 10:14 am


रोल्पा । रोल्पाको भदौरेमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।

दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए ।

प्रहरीले जेसीबी चालक सुमन चौधरी नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !