१८ आश्विन २०८१, शुक्रबार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते

प्रकाशित मिति :  2 October, 2023 10:44 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ त्रिदेवी टोलमा हिजाे (आइतबार) राति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा भीरकोट नगरपालिका वडा नम्बर २ बयरघारीमा कोठा भाडा गरी बस्दै आएका २५ वर्षीय मिलन बहादुर गुरुङ् रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनालका अनुसार सिद्धार्थ राजमार्गमा बयरघारीबाट दहथुम तर्फ जाँदै गरेको ग १ प १६४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएका गुरुङको दुबै हात र मुखमा चोट लागेको छ । उनको आरे मेडिकल बयरघारीमा सामान्य उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिपर गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !