१८ आश्विन २०८१, शुक्रबार

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

प्रकाशित मिति :  2 October, 2023 3:54 pm


काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलो पटक राइड सम्पन्न गरेको छ ।

गत असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाइएको थियो ।

साथै सहभागि सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।करिब ५० जना राइडरहरू सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !