१८ आश्विन २०८१, शुक्रबार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

प्रकाशित मिति :  3 October, 2023 6:36 am


काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ घनश्याम खतिवडा विजयी भएका छन् । सोमबार राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडाले प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत पाए । खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेसका डिकबहादुर लिम्बूलाई हराएर प्रतिनिधिसभामा विजयी भएका थिए । २०७९ को निर्वाचनमा भने उनलाई कांग्रेसका डिकबहादुर लिम्बूले हराएका हुन ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । विजयीसबै जना खतिवडाकै प्यानलका हुन् । उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !