१८ आश्विन २०८१, शुक्रबार

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  3 October, 2023 6:57 am


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाे जानकारी अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।

साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !