१८ आश्विन २०८१, शुक्रबार

चिकित्सकसँग भएको सम्झौता कार्यान्वयन गर्न गगन थापाको माग

प्रकाशित मिति :  3 October, 2023 2:11 pm


काठमाडाैँ । नेपाली कांग्रेसका महामनत्री गगन थापाले चिकित्सकसँग भएको सम्झौता अक्षरशस् कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले सम्झौता भएको २४ घण्टा पनि नपुग्दै फेरि आक्रमण भएको भन्दै थापाले सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

“सम्झौता भएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । जबसम्म स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा किन्तु-परन्तु नभनी जेल विदाउट बेलु हुन्छ भन्ने डर हुँदैन अनि कुनै पनि उपचारको सन्दर्भमा उपभोक्ताहरूलाई गुनासो हुन्छ भने यसकाे वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन यस्ता घटना हुन्छन्,” उनले भने, “घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ, सम्झौताको कार्यान्वयन हुँदैन । यो चक्र तोड्ने हो भने याे पटक सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्षसमितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।”

सांसद थापाले स्वास्थ्यकर्मीसँग गरेका सम्झौता कार्यान्वयनका लागि संसद्को सहयोग चाहिने भए त्यसका लागि पनि संसद् तयार रहेको बताए । उनले भने, “स्वास्थ्य संस्थाको क्षमता नबढाइ हुँदै हुँदैन । यसैले अहिलेको प्रधानमन्त्री नै प्रधानमन्त्री हुनुभएको बेलामा हामीले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाएका थियौं‚ जसले नेपालको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता कसरी बढाउने भनेर विस्तृत योजना तयार गरेको।”



प्रतिक्रिया दिनुहोस !