२० असार २०८१, बुधबार

कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने प्रदेश संसदीय समितिको जोड

प्रकाशित मिति :  27 April, 2020 1:23 pm


कास्की, १५ बैशाख ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कारोना भाइरस नियन्त्रणको लागि तीन तहको सकारबीच समन्वय हुनुपर्नेमा जोड दिएको छ ।
पोखरा नदिपुर स्थित समितिको कार्यालयमा भएको छलफलमा बोल्दै समितिका सभापति दीपक कोइरालाले कोभिड १९ नेपालमा रोकथाम र नियन्त्रणको लागि तीन तहको सरकार विच अझै बढि समन्वयको आबश्यकता देखिएको बताए ।

सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोलीसंग प्रदेशको बजारको अबस्था,मुल्यबृद्धि बारे छलफल गरेका छन् । अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनैपनि सामाग्रीको अभाव नरहेको समितिलाई जानकारी दिए ।

पौडेलले लकडाउनको समयमा कास्की, स्याङ्जा, पर्वत तनहुँ लगायतका एक सयभन्दा बढि ठाउँमा अनुगमन गरिएको जानकारी    दिए । टोलीले आपमा सहज बनाउने तर्फ अहिले जोड दिएको बताए ।

अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मुल्यबृद्धि गरेर पठाएकोले आटा, खाने तेल,रातोदालमा केही मुल्यबढेको पाइएपनि सामानको अभाव भने नदेखिएको बताए ।

उनले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए ।

छलफलमा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्याँस र खाद्यनमा अभाव नरहेको बताए । कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउँदै ढकालले कालोबजारी गर्ने तीनजनालाई कास्कीमा मुद्धा चलाएको बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्ब न्यौपानेले तीनतहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताए ।

तीनतहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !