१८ आश्विन २०८१, शुक्रबार

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयोः अध्यक्ष ओली

प्रकाशित मिति :  3 October, 2023 2:36 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गरे। उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए। उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए।

उनले भने, “नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् तपाईहरू हामी सबैलाई थाहा छ। भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो। यी सरकारहरू चरम अनुत्तरदायि, गैर जिम्मेवार छ। स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन्। विकासका कामलाई ठप्प पारेका छन्। चलिरहेका आयोजनाहरू रोकिएका छन्। काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन। भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ। उनीहरूले ऋण तिर्न सकेका छैनन्। दिनुपर्नेलाई आफूले सामान लिएकाहरूलाई, लगाएका कामहरूमा भुक्तानी दिन सकिएको छैन।”



प्रतिक्रिया दिनुहोस !