१८ आश्विन २०८१, शुक्रबार

संसदलाई पुर्णरुपमा उपेक्षा गरियो : ओली

प्रकाशित मिति :  3 October, 2023 2:58 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदलाई पूर्णरुपमा उपेक्षा गरिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले के गर्दा संसद चल्न सक्दैन सरकारले त्यही गरेको आरोप लगाए ।

प्रधानमन्त्री विदेश जाँदा १७ दिनसम्म संसद किन अवरुद्ध गरिएको भन्दै प्रश्न गरे ।

उनले भने “प्रधानमन्त्रीले १७ दिन सम्म किन संसद अवरुद्ध गर्नुपर्ने, अन्य देशका राष्टप्रमुख सरकार प्रमुखहरु बाहिर जाँदा त्यहाँको सदन चलिराखेको हुन्छ, हाम्रो प्रधानमन्त्री बाहिर जाँदा संसद निदाउनुपर्ने ।”

ओलीले जनताका समस्या समाधान गर्न तत्पराता रुचीका साथ डट्नुपर्ने प्रधानमन्त्री संसदमा कुरा उठाउँछन् भनेर संसद नै बन्द गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !