१८ आश्विन २०८१, शुक्रबार

धनराजमाथि ओलीको कटाक्ष : लुटिएको मत न्यायलय र संसदको घाउ बन्याे

प्रकाशित मिति :  3 October, 2023 3:18 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङप्रति कटाक्ष गर्दै धाँधली, बुथ कब्जा र लुटिएको मत न्यायलय र संसदको घाउ बन्न पुगेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले केही समय अघि जिल्ला न्यायाधीशहरूको नियुक्ति विषयलाई जोड्दै निर्वाचनमा बुथ कब्जा गरेर बनेका मन्त्रीले संविधान विरित न्यायाधीश नियुक्ति गरेको आराेप लगाएका थिए ।

“स्याङ्जामा चुनाव कसरी भयो मैले भन्न पर्दैन ? लामो समय लगाएर कानुन मन्त्री छानियो । मन्त्री नियुक्तिमा किन ढिलाई भयो भनेको योग्यता पुगेको मान्छे खोज्नको लागि रहेछ । बुथ कब्जा गरेर जित्नको लागि ९९ सय प्रतिशतसम्म मत खसाइयो । ९९ प्रतिशत मत खस्छ कहीँ ? दश प्रतिशत मतदाता खाडीमा छन्, तर यहाँ ९९ प्रतिशत मत खस्यो । केही मान्छे माथि गए त्यी मान्छे पनि मत खसाउन आए । पितृले पनि मत खसाले ।”, उनले भने,”मृत्यु दर्ता समेत भएका व्यक्तिको मत खसेको छ । कब्जा गरेको मतदान केन्द्रमा मतदान अधिकृतले ज्यान मार्ने धम्की दिएको अडियो पनि बाहिर आएको छ । यसरी भएको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भएको भन्दै निर्वाचन अधिकृतले निर्वाचन केन्द्रमा रिर्पोट बुझाए । निर्वाचन आयोगले हामीले यस्तो यस्तो भएको छ है भनेर भन्दा जाँच बुझ गर्न पठाउन अस्विकार गरे तर आज यसको गुन तिर्न न्यायाधीश नियुक्ति गरियो ।”

ओलीले शन्तिपूर्ण, निष्पक्ष रूपमा चुनाव भयो भनेर निर्वाचन आयोगमा रिर्पोट दिने अधिकृतलाई न्यायाधीशमा नियुक्ति र पुरस्कृत गर्नु उचित नरहेकाे बताए । उनले भने, “बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला । उनको त बानी नै छ । मरेका मान्छेले भोेट हाल्न पाइन्छ भन्ने ।”



प्रतिक्रिया दिनुहोस !