१८ आश्विन २०८१, शुक्रबार

रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

प्रकाशित मिति :  3 October, 2023 3:12 pm


काठमाडौं । हत्यारालाई आममाफी दिएको भन्दै भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारतील सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आ रिट निवेदन दर्ता गरेको स्रोतले जनाएको छ ।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।



प्रतिक्रिया दिनुहोस !