१८ आश्विन २०८१, शुक्रबार

मंगलबार नेप्से परिसूचक १७ अंकले घट्यो

प्रकाशित मिति :  3 October, 2023 3:32 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ५९ लाख ७० हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै आजको दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.५४ प्रतिशतले घटेको छ ।

कुल २८१ कम्पनीको ३९ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ९१ लाख १ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !