२ मंसिर २०८१, आइतबार

सानिमा बैंकद्धारा दराजसँग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य

प्रकाशित मिति :  3 October, 2023 5:12 pm


काठमाडौँ । नेपालीहरूको महान चाड बडा दसैँको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने जनाइएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

यो योजना २०८० आश्विन १७ देखि ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।



प्रतिक्रिया दिनुहोस !