१८ आश्विन २०८१, शुक्रबार

बिहान ११ बजेर २ मिनेटमा दशैंको टीकाको साइत

प्रकाशित मिति :  3 October, 2023 6:18 pm


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैंको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दशैंको टिकाको साइत २०८० कार्तिक ७ गते मङ्गलबार ११ बजेर २ मिनेटमा रहेको छ । दशैंको टीका पश्चिम मोहडा गरेर लगाउनु पर्ने उल्लेख गरेको छ ।

घटस्थापनाको साइत असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।

यस्तै, पश्चिम फर्केर असोज २९ गते सोमबार १० बजेर १९ मिनेटमा झण्डा फेर्ने साइत रहेको छ ।

पचली भैरव यात्रा कात्तिक २ गते बिहीबार,कात्तिक ४ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर २४ मिनेटमा बिहान ९ बजेर ३५ बजे स्थिरासनको साइतको रहेको छ ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, कालरात्रिको पूजा गर्नुपर्ने, कात्तिक ६ गते सोमबार महानवमी र कात्तिक ७ गते मंगलबार विजयादशमी देवी विर्सजनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । विजयादशमीका दिन बिहान ९ बजेर २ मिनेटमा तुलजा भवानी यात्रा, बिहान १० बजेर ३ मिनेटमा बजे स्थिरासन गराइने उल्लेख गरिएको छ । कार्तिक ७ गते नै खड्गयात्रा रहेको छ ।

कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति र कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा रहेको समितिले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !