१८ आश्विन २०८१, शुक्रबार

एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा। महतबिच शिष्टाचार भेट

प्रकाशित मिति :  4 October, 2023 11:37 am


काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने र नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार व्यक्त गरेका छन् ।

कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडी बढ्न एमसीए नेपाललाई निर्देशन दिएका छन् ।

एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !