१८ आश्विन २०८१, शुक्रबार

संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफीविरुद्ध भारतीले सुरु गरिन् अनशन

प्रकाशित मिति :  4 October, 2023 12:59 pm


काठमाडौँ । खुँडा प्रहार गरेर हत्या गरेका कारण जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरू गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।

हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरकी पत्नी मानन्धरको कैद माफी खारेज हुनुपर्ने र हत्यामा अदालतद्वारा दोषी ठहर गरिएका ढकाल बाँकी कैद भुक्तानीका लागि पुनः जेलमै राखिनुपर्ने माग गर्दै माइतीघरमा अनशन थालेकी हुन् ।

उनका पति चेतनलाई २०७२ असार २८ गते नेपालगन्जको धम्बोझी चोकमा ढकाल र उनको समूहले खुँडा प्रहार गरी हत्या गरेको थियो । ढकाल तरुण दल बाँके–३ का तत्कालीन सभापति थिए ।



प्रतिक्रिया दिनुहोस !