१८ आश्विन २०८१, शुक्रबार

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा क्यासब्याक योजना

प्रकाशित मिति :  4 October, 2023 1:16 pm


काठमाडौँ । सानिमा बैंक र फोनपे प्रा।लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएको छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिर्ल तिर्दा २५ वा अधिकतम रु २५ र इन्र्टनेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यासब्याकको व्यवस्था गरेको उल्लेख गरेको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !