१८ आश्विन २०८१, शुक्रबार

भृकुटीमण्डपमा तीन दिने ‘फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ एक्स्पो हुँदै

प्रकाशित मिति :  4 October, 2023 1:40 pm


काठमाडौँ । भृकुटीमण्डपमा यही असोज १८ गतेदेखि २१ गतेसम्म ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ एक्स्पो आयोजना हुने भएको छ । यो नेपालमा सबैभन्दा तीव्र बृद्धिदर भएको यस क्षेत्रको एक मात्र एक्स्पो भएको आयोजकले जनाएको छ।

हाल खाद्य, पेय पदार्थ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू नाफा तथा राजस्वको राम्रो केन्द्र बन्दै गएका छन् । विगत २० वर्षलाई मात्र नियाल्दा होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, टेक–अवे फूड आउटलेट, सडक खाना बिक्रेताहरू र किराना पसलको संख्या ह्वात्तै बढेको देखिन्छ । यस्तै, आगामी एक–दुई वर्षमा ३ देखि ५ तारे श्रेणीका २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् ।

नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५ हजार ५०० रहेको छ । जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् । साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३ हजार ८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।

एक्सपोमा ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । जसमध्ये १५ हजार व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ ।

एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट, किराना लगायतको सहभागिता हुनेछ । मेलामा ५ हजार उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १ हजार ८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !