१८ आश्विन २०८१, शुक्रबार

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

प्रकाशित मिति :  4 October, 2023 3:37 pm


काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।

उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो ।

असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो ।

यो प्रकरणमा प्रहरीले यसअघि १० जना पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !