१८ आश्विन २०८१, शुक्रबार

नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छ : उद्योगमन्त्री रिजाल

प्रकाशित मिति :  4 October, 2023 5:39 pm


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

उनले सुपारी व्यवसायीहरूसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए । उनले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको बताए । उनले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरूलाई भारतले नचिन्ने बताए ।

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए । उनले भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गर्ने तयार रहेको उल्लेख गरे ।

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गरे ।

उनले भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताए । मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताए ।

‘मन्त्रालयसँग बसेर सकिने विषयमा मिनी संसद ठूलो निकायमा व्यवसायीहरु आउनुभयो । बाहिरबाट सुपारी निर्यात गर्नुपर्ने बाध्यता छ । नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न पाउँदैन भन्छ’ उनले भने, ‘नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको छ । सुपारी निर्यात नगर्दा १० हजार मानिसहरु बेरोजगार हुन्छन् । उद्योग बन्द हुन्छ । मन्त्रालयमा आउनुस सरकार सहजिकरण गर्न तयार छ । केही व्यवहारिक अफ्ठ्यारा पनि छन् ।’

उनले नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको बताए । मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजिकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !