१८ आश्विन २०८१, शुक्रबार

आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँः मन्त्री बस्नेत

प्रकाशित मिति :  4 October, 2023 6:09 pm


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेगावाट विद्युत् उत्पादन थप गर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१\०८२ भित्रमा एक हजार मेगावाट विद्युत् उत्पादन थप गर्ने बताएका हुन् ।

उनले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताए । आगामी १२ वर्षभित्रमा कुन वर्षमा कति मेगावाट विद्युत् कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडि उनले बढेको बताए । त्यसका निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उनले बताए ।

‘विद्युत्को उत्पादन र प्रशारणको कुरामा अर्को वर्षमा जाँदा हामी एक हजार मेगावाट थप्छौँ । अबको एक वर्षमा पुग्दाखेरी एक हजार मेगावाट उत्पादन थप गर्छौं,’ उनले भने ।

मन्त्री बस्नेतले आगामी दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !