१८ आश्विन २०८१, शुक्रबार

दुई दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो

प्रकाशित मिति :  5 October, 2023 11:36 am


काठमाडौं । दुई दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

केही दिनदेखि निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ(पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका वडा नम्बर १ पाखुतेमा अवरुद्ध भएको थियो ।

मङ्गलवार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनको भनाइ छ ।

सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधन पनि सडकमा रोकिएका थिए । यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन ।

मङ्गलवार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो ।

अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !