१८ आश्विन २०८१, शुक्रबार

आर्थिक वर्ष सुरु भएदेखि १४ प्रतिशत मूल्य वृद्धि भयो : प्रदीप पौडेल

प्रकाशित मिति :  5 October, 2023 2:00 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आर्थिक वर्ष सुरु भएदेखि १४ प्रतिशत मूल्य वृद्धि भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले देश आर्थिक मन्दीले थलिएको र ३५ प्रतिशत सटर बन्द भएका तंथ्याक सार्वजनिक भएको बताएका हुन् ।

उनले भने, “यति नै बेला उपभोक्तालाई अत्यन्तै मार पर्ने गरि बजारमा मूल्यवृद्धि भएको स्थिति भएको छ । १९ सय मा पाइने चामलको बोरा यतिबेला ३ हजार पर्छ । दाल चिनीको मूल्य आकासिएको छ । सरकारले सात प्रतिशतमा मूल्य वृद्धि सिमित राख्ने घोषण गरेपनि आर्थिक वर्ष सुरु भएदेखि यता १४ प्रतिशत मूल्य वृद्धि भएको स्थिति छ । कतिपय वस्तुमा ४५ प्रतिशत मूल्य वृद्धि भएको अवस्था छ । यतिबेला सबै कुरामा मूल्य वृद्धि भएको छ ।”

पौडेलले बजारमा मूल्यवृद्धि भएको तर सरकारप्रति नागरिकको भरोसा नबढेको स्थिति भएकाे बताए । उनले सरकारले देखावटी गर्ने गरि नभई कालोबजारी नियन्त्रण र कृत्रिम अभाव सिर्जना हुन नदिने गरि आफ्नो उपस्थिति देखाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !