१८ आश्विन २०८१, शुक्रबार

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

प्रकाशित मिति :  5 October, 2023 2:38 pm


काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ ।

ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ ।

साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा समेत लिन सकिने दराजले जनाएको छ ।

१७ असोजदेखि लागु हुने यो योजनामा ७० प्रतिशतसम्मको छुट, ७००० बराबरको भौचर जस्ता थुप्रै फाइदाहरु रहेको दराजले जनाएको छ ।

साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १ हजार ५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (२ हजार रूपैयाँसम्म)को छुट, ३ हजार ५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ भौचर पनि प्रप्त गर्ने मौका रहेको दराजले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !