१८ आश्विन २०८१, शुक्रबार

एमाले गण्डकी अधिवेशन : निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

प्रकाशित मिति :  5 October, 2023 4:44 pm


काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।

बिहीबार मतदान सुरू हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो ।

प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए ।

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उनीहरुको भूमिका उल्लेखनीय रहने बताए ।

अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात् उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !