१८ आश्विन २०८१, शुक्रबार

धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोकौँः सांसद झा

प्रकाशित मिति :  5 October, 2023 5:18 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भूभागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए ।

उनले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले भोटको राजनीति गरिरहेका भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने बताए । उनले विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उहाँले अब त्यसभन्दा माथि उठ्नुपर्ने बताए ।

उनले भने, “हाम्रो देशको केही भू–भागहरुमा हामी धर्मको लडाँइ गर्दै छौँ । साम्प्रदायिक दंगा निम्त्याउने प्रयासहरु हुँदैछ त्यहाँ । केही दलहरुले, केही राजनीतिज्ञहरुले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन् । त्यो कसैको लागि फाइदाजनक हुनेछैन । केही क्षण कुनै स्वार्थ समुह, केही राजनीतिक समूहको स्वार्थले केहीलाई क्षणिक फाइदा देला । तर आउने सन्ततिले के पाउनेछ रु आउने पुस्ताले के पाउँछ रु केही वर्ष यो देशमा हामीले दलको झण्डा बोक्यौँ । त्यसपछि हामीलाई सम्प्रदायको झण्डा बोक्न सिकायो । र अहिले धर्मको झण्डा बोक्न सिकाउँदैछ । तर कुनैपनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौँ । देशको झण्डा बोक जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण छ भनेर । अहिले पनि देशको झण्डा भन्दा धर्म । तर देशको झण्डा कसले बोकिदिने ?”

उनले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !