१८ आश्विन २०८१, शुक्रबार

‘सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ’

प्रकाशित मिति :  5 October, 2023 5:57 pm


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले शुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताए । उनले सरकार कमाउ धन्दामा लागेको आरोप लगाए । उनले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताए ।

‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम शुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ । आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । सरकारको संलग्नतामा आज कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ । सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको छ,’ उनले भने ।

सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानि सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !