१८ आश्विन २०८१, शुक्रबार

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

प्रकाशित मिति :  6 October, 2023 6:57 am


पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनीसँगै उनको प्यानननै विजयी भएको छ ।उनले केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्माले ५ सय ३१ मत पाउँदा र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा (पीएस)गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो ।

त्यस्तै उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् ।

सचिवका उम्मेदवार लमजुङका धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए । दवाडी शर्माकै प्यानलका हुन् ।

उपसचिव पदमा पनि शर्मा प्यानलका कास्कीका दामबहादुर विक विजयी भएका छन् । उनले ४९९ मत पाएका छन् । उपसचिव पदका अर्का प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मतमात्र पाए । उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी पर्वतकी मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत पाइन् ।



प्रतिक्रिया दिनुहोस !