१८ आश्विन २०८१, शुक्रबार

गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु

प्रकाशित मिति :  6 October, 2023 9:54 am


काठमाडौँ । काठमाडौँको महाराजगन्जमा गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ । उनको उपचारका क्रममा त्रिवि अस्पतालमा मृत्यु भएको हो ।

असोज १० गते शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो ।लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको निष्कर्ष छ। उनको कोखामा १ राउण्ड गोली लागेको थियो ।

लक्ष्मण एक पूर्व आईजीपीका निजी सुरक्षा गार्ड हुन्। श्रीमान् श्रीमतीबीचको मनमुटावका कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !