१९ आश्विन २०८१, शनिबार

नेपालगन्जमा पुनः कर्फ्यु लगाइयो

प्रकाशित मिति :  6 October, 2023 10:17 am


बाँके । नेपालगन्जमा फेरी कर्फ्यु लगाइएको छ । बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कर्फ्यु जारी गरेको छ ।

हिन्दू मुस्लिम समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ । आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज उपमहानगरपालिका क्षेत्रमा निषेधज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

जारी सुचनामा नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !