१९ आश्विन २०८१, शनिबार

भूकम्प प्रभावित स्थलको अवलोकन गर्न प्रधानमन्त्री बझाङ पुगे

प्रकाशित मिति :  6 October, 2023 3:15 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । शुक्रबार प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका हुन् ।

प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !