१९ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच सिंहदरबारमा भेटवार्ता

प्रकाशित मिति :  7 October, 2023 10:30 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !