१९ आश्विन २०८१, शनिबार

यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक, मूल्य कति ?

प्रकाशित मिति :  7 October, 2023 11:03 am


काठमाडौँ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजार यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक गरेको छ।

एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस सिक्स इन्जिन टेक्नोलोजी सार्वजनिक बाइकको मूल्य विशेषता हुन्। कालो र निलो रङहरूमा उपलब्ध हुने मोटरसाइकल स्पोर्टी डिजाइन गरिएको छ।

१४९ सीसी एयर(कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित मोटरसाइकलले औसत ४५-५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ।

मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ । मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ ।

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डको कम्पनी मूल्य ३ लाख ७९ हजार ९ सय रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !