१९ आश्विन २०८१, शनिबार

इजरायलमाथि हमासको आक्रमण : ९ जना नेपाली घाइते २ जनाको अवस्था गम्भीर

प्रकाशित मिति :  8 October, 2023 7:13 am


काठमाडौँ । इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका १४ जनामध्ये २ जना नेपालीको अवस्था गम्भीर रहेको छ । उनीहरु दूतावासको सम्पर्कमा आएको पनि हालसम्म उद्धार हुन सकेको छैन ।

घाइते दुवै जना सुदुरपश्चिम विश्व विद्यालयबाट कुषि फार्ममा काम गर्न गएका बझाङ र दार्चुलाका विद्यार्थी रहेका छन् । घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ ।

नेपाल सरकारले सबै नेपाली नागरिकको सुरक्षा, उद्धार, उपचार र सकुशल घर फिर्तिका लागि कूटनीतिक पहल तीब्र पारेको जनाएको छ ।

विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका छन् । शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ।

आक्रमणपछि हमासका दर्जनौं हतियारधारी लडाकू दक्षिणी इजरायलमा छिरेको समाचार माध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !