१९ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  8 October, 2023 10:28 am


फाइल फाेटाे।

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !