१९ आश्विन २०८१, शनिबार

रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन सम्पन्न

प्रकाशित मिति :  8 October, 2023 11:30 am


काठमाडौँ । नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपीए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७, २०२३ मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनको लागि अन्तर्राष्ट्रिय स्टेम सेल विज्ञान समुदायको भेला भएको छ । यस सम्मलेनमा अन्तर्राष्ट्रिय चिकित्सकहरू डा। सैयद सलमान नईम गिलानी, डा। रोजिना बादल मुनीर, डा। मासिमो पिराकी, डा। रोहित वारियर, डा। आशान अबेवर्देना, डा। प्रदिप महाजन लगाएत नेपालका चिकित्सकहरूको उपस्थिति रहेको थियो ।

यस सम्मेलनको उद्देश्य विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चचर र चिकित्सकहरु बिचको सहकार्य र अनुभव आदान प्रदान गर्ने रहको छ ।

रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनले यस क्षेत्रका विशेषज्ञहरूबिच छलफल र प्रस्तुतीकरणहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ ।

स्टेम सेल विज्ञान तिब्र गतिमा अगाडि बढिरहेको हुदा यो सम्मेलन चिकित्सकहरूको लागि अनुभव तथा यस क्षेत्रमा भएका नवीनतम विकासको आदान प्रदानको लागी एक महत्वपूर्ण बैठक बिन्दु बनेको छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतोले, नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसंगको संयुक्त सहकार्यमा यस स्तरको सम्मेलन आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्बन्धि शिक्षा र सुविधा उपलब्ध गराउनका लागि जोड दिए ।

अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा। रोजिना बादल मुनीरले रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञहरूसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्ने सम्मेलन एउटा सुबर्ण अवसर हो र हाम्रो लक्ष्य स्टेम सेल प्रत्यारोपण प्रविधिहरूमा तालिम प्रदान गर्दै चुनौतीहरू र उत्कृष्ट अभ्यासहरू पहिचान गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !