१९ आश्विन २०८१, शनिबार

वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाउने निर्णय सरकारले फिर्ता लिनुपर्छः विद्या भट्टराई

प्रकाशित मिति :  8 October, 2023 2:15 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरूलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूलाई आइतबारबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाएकी हुन् । उनले उनीहरूलाई हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग आग्रह गरिन् ।

सांसद भट्टराईले वीर अस्पतालको विस्तारित सेवाका लागि र नागरिकलाई निजी स्वास्थ्य संस्थामा जान बाध्य नपार्न पनि सरकारले उनीहरूको सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने तर्क गरिन् ।

सांसद भट्टराईले सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य हुने खालको गतिविधि गर्न नहुने पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस !