१९ आश्विन २०८१, शनिबार

सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो :सांसद घिमिरे

प्रकाशित मिति :  8 October, 2023 2:49 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरूमा डर, त्रास देखाएको बताएका हुन् । उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको नीति अवलम्बन गरेका कारण व्यवसायीहरूमा आतंक सिर्जना भएको बताए ।

सांसद घिमिरेले निजी र सरकारी क्षेत्रको बिचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोसिस गरिएको बताए । उनले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए ।

सांसद घिमिरेले देशको आर्थिक विकासका लागि निजी क्षेत्र प्रवेश गर्न नचाहने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताए । उनले कुशासन र भ्रष्टाचारको समूल नष्ट गर्नुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !