१९ आश्विन २०८१, शनिबार

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

प्रकाशित मिति :  9 October, 2023 11:00 am


काठमाडौँ । कुमारी बैंक लिमिटेडले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०र५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।

क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट र अनलाइन पेमेन्टबाट गरने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

यो योजना २८ असोजदेखि ५ कात्तिकसम्म लागु हुने छ ।



प्रतिक्रिया दिनुहोस !