१९ आश्विन २०८१, शनिबार

एमाले र माओवादी केन्द्रबिच गठबन्धन असम्भव : थापा

प्रकाशित मिति :  9 October, 2023 7:45 am


काठमाडौँ । नेकपा एमालेका पोलिटव्युरो सूर्य थापाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच गठबन्धन आकास खसेपछि के होला भनेजस्तै भएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमालेसँग गठबन्धन हुँदै पार्टी एकतासम्म हुन सक्छ भनेपछि पोलिटब्युरो सदस्य थापाले त्यस्तो कुनै सम्भावना नभएको उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“ सहकार्य र पार्टी एकता संभव छ त ? वर्षामान, खहरेमान वा बेखामान जसले भनेपनि हुँदैन । यो त आकाश खसे त्यसपछि के होला भनेजस्तै प्रश्न हो ।”

उनले नेपाली कांग्रेसँग भित्रभित्रै खटपटको संकेत मिलेको भन्दै अब पछुताउनु अनिवार्य भएको बताएका छन् ।

उनले भनेका छन्,“काँङ्ग्रेससँग भित्रभित्रै खटपटको संकेत अवश्य मिल्छ । आगे, बरमझियाका बाजेको नक्कली पेडा, खाएजस्तै झनै पछुताउनु अनिवार्य छ । ”

पछिल्लो समय नेपाली कांग्रेसका केही नेताले सरकारको विरोध गरेपछि सरकारको भविस्यलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ । कांग्रेस र माओवादी केन्द्रका नेताहरूबिच सरकारलाई लिएर आमनेसामनो भइरहेका बेला थापाको यो टिप्पणी आएको हो ।



प्रतिक्रिया दिनुहोस !