२० असार २०८१, बुधबार

संसद अपहरणमा संलग्नलाई कारवाही गर्न कांग्रेससहित ३ दलको माग, कारोना परीक्षणमा ‘असाधारण ढिलो’

प्रकाशित मिति :  27 April, 2020 6:52 pm


काठमाण्डौं, १५ बैशाख । 

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्नलाईं कारवाहीको माग गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले अपहरण काण्डले जनता आक्रोशित भएको भन्दै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारर्वाही अगाडी बढाउन माग गरेका हुन् ।

बैठकपछि निकालिएको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रेशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारर्वाही अगाडि बढाउन माग गर्दछ ।’

सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पट भएको भन्दै स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता समेत तीन दलले जनाएका छन् ।

कारोना भाइरसको संक्रमणका कारण लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन नसकेको तीन दलको ठहर छ ।

बैठकले भनेको छ,‘ यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै,कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएके असाधारण ढिलासुस्ती समाप्त गरी तिब्रता दिन यो बैठक माग गर्दछ ।’

 



प्रतिक्रिया दिनुहोस !