१९ आश्विन २०८१, शनिबार

इजरायलबाट नेपालीको शव ल्याउन विमान तयारी अवस्थामा राखिने

प्रकाशित मिति :  9 October, 2023 11:48 am


काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको संयन्त्रले समन्वय गर्ने भएको छ।

परराष्ट्र मन्त्रालयमा आज बसेको बैठकले नेपालीहरूको शव यथाशिघ्र ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको हो।

इजरायल-हमास युद्धमा नेपाली नागरिकहरू पनि मारिएपछि परराष्ट्र मन्त्रालयले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरिएको थियो।

परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !