१९ आश्विन २०८१, शनिबार

राष्ट्रियसभाको बैठक बस्दै

प्रकाशित मिति :  10 October, 2023 7:46 am


काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आज बस्ने बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !