१९ आश्विन २०८१, शनिबार

राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

प्रकाशित मिति :  10 October, 2023 11:32 am


काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ।

राष्ट्रिय शोकका कारण असोज २६ गतेसम्म बैठक स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।

‘आज मिति २०८० साल असोज २३ गते मङ्गलबार बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक राष्ट्रिय शोक पर्न गई बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयको सूचनामा भनिएको छ।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकार आज राष्ट्रिय शोक घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !