१९ आश्विन २०८१, शनिबार

इजरायलको भ्रमण नगर्न सरकारको आग्रह

प्रकाशित मिति :  10 October, 2023 12:20 pm


काठमाडौँ । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सुझाव दिएको हाे ।

सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् ।

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।

शवहरू, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरूलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !