१९ आश्विन २०८१, शनिबार

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा शीर्ष नेताहरूसँग छलफल गर्नुपर्छ: मन्त्री गुरुङ

प्रकाशित मिति :  10 October, 2023 5:52 pm


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानुन , न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्ने सन्दर्भमा शीर्ष नेताहरूसँग छलफल गर्दै अगाडी बढ्नुपर्ने बताएका हुन् ।

समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको छ ।

उनले सो विधेयक समितिले छलफल गरी पारित गर्नुपर्ने भन्दै अप्ठ्यारो परेको अवस्थामा दलका शीर्ष नेताहरूसँग छलफल गरेर अगाड बढ्नुपर्ने बताए । यद्यपि शीर्ष नेताहरूसँग छलफल गरे पनि निर्णय भने समितिको नै हुने उनको भनाइ छ ।

उनले तत्कालीन राज्य पक्ष र विद्रोहीका बिचमा भएको बृहत् शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !