१९ आश्विन २०८१, शनिबार

एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु

प्रकाशित मिति :  11 October, 2023 7:41 am


जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनले जानकारी दिए।

एमालेले अधिवेशनले मधेश प्रदेशमा दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जनाएको छ। आज मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !