१९ आश्विन २०८१, शनिबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई लिफान नेपालको स्कुटर खरिदमा विशेष छुट

प्रकाशित मिति :  11 October, 2023 2:10 pm


काठमाडौैँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई लिफान नेपालको विद्युतीय स्कुटर खरिदमा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरूलाई थप सेवादिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागिलिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रा. लि.” सँग लिफान नेपालको विद्युतीय स्कुटरकाे खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू र ग्राहकहरूले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका विद्युतीय स्कुटरहरूको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !