१९ आश्विन २०८१, शनिबार

बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउन आवश्यक : मन्त्री आचार्य

प्रकाशित मिति :  11 October, 2023 3:33 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहार बिरुद्धको घटना यदाकदा अझै भइरहेको बताए ।

मन्त्री आचार्यले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानुनी व्यवस्था भएपनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताए ।

उनले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरू नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

बालिकामा लगानीस् सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवर्द्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !